हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Friday, February 1, 2019
समयको सदुपयोग गरौ
समयको सदुपयोग गरौरौ
जापानीहरुले 小学校 अर्थात प्राईमेरी स्कुलमा ६ बर्ष लगाएर १ हजार जति खान्जी सिक्छन। त्यो १ हजार खान्जीको १ हजार ८ सय जति अर्थ लाग्ला। हिरागाना ४६ अक्षर काटागाना ४६ अक्षर। यति सिक्यो भने जापानको निउज पेपर मजाले पढन सकिन्छ किनकि अप्ठ्यारो खान्जीलाई त्यसको माथि हिरागाना या काटागानामा पढने तरिका लेखि दिएको हुन्छ जस्लाई फुरीगाना भनिन्छ। साथै जापानी कार्यलयबाट आएको चिट्ठी बिल आदि ईत्यादी मजाले पढन सकिन्छ।
हामी लगभग २ घण्टा फेसबुकमा झुण्डिने गरेका छौ। र त्यसको उपलब्दी भने सुन्ना, उल्टो टेनशेनको भारी, फेक निउजहरुले असलीके हो नक्कली के हो भनेर छुट्याउनै नसकिने गरेर दिमाग भुटिन्छ र हामी यथार्थ नबुझी त्यो फेक निउजको पछाडी दौडिएर समय खेर फ्याल्छौ। उस्तै परे म जस्तो भोटेले तपाईलाई फेसबुकमा नांगोझार बनाएर छाडछ। :P
के गर्ने त ?
अब त्यो हामीले फेसबुकको लागी खर्चने २ घण्टा बाट १ घण्टा झिकेर आधा घण्टा निउजहरु पढने (नेपाली आलु पांग्रे अनलाईनमा छापेको निउज हैन नि) बिबिसी, सिएनएन, गोर्खापत्र, टाईम्स अफ ईन्डिया, जापान टाईम्स, योमोरी जस्ता निउजहरु पढने।
फाईदा के त?
तपाईलाई सत्य कुराहरु थाहा हुन्छ। अहिले संसार काहाँ पुगेको छ र कसरी चल्दैछ भन्ने कुरा थाहा हुन्छ। हामी बिहानको निउज बेलुका बासी हुने देशमा छौ। सत्यमा आधरित कुराहरु आफ्नो फेसबुकमा लेख्नु भयो भने म जस्तो भोटेले तपाईलाई प्याच्च भन्ने बाटो पाउदैन र तपाई रातो पिरो बनेर केही समय कुनै दुलो तिर पसेर लुक्नु पर्ने अबस्था आउदैन।
अर्को ३० मिनट जापनिज पढने। दिनको ३ वटा खान्जी सिक्नु भयो भने बर्षमा १०९५ वटा खान्जी सिकिन्छ। आजबाट सुरु गर्नु भयो भने अर्को बर्षको यहि समयमा त तपाईले खररररर जापानीमा आफ्नो स्टाट्स लेख्न सक्नु हुन्छ। N1 को परिक्षा पनि आँखा चिम्लेर दिन सक्नुहुन्छ। दिनको ६ वटा खान्जी सिक्ने हो भने त कुरानै छाडनुस। अर्को बर्षबाट तपाई अरुलाई पढाउन थाल्नु हुन्छ। त्यो भन्दा पनि म तपाईको पसलमा पैसा तिरेर खाना खान गएको हो हजुर तपाईको चिठिको चाङ पढेर सुनाउन हैन।
Subscribe to:
Post Comments (Atom)
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵
नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵 नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...

No comments:
Post a Comment