Email subscription

Enter your email address:

Delivered by FeedBurner

Sunday, December 30, 2018

प्रिय साली 2018、

प्रिय मायालु ,
प्रिय शब्दले सम्बोधन गर्नु पर्ने केही त थिएन किन कि खासै फरक भइनौ तिमी आफ्नी बहिनी भन्दा । तर पनि मन मानेन ।
पुरानै उतार-चढाव जस्ता थिए उस्तै बिच आएकि थियौ तिमी।
न नया उमङ्ग थियो न हौसला तिमी आउदा । तर पनि खुब आस चाहिँ लागेको थियो तिम्रो मलाइ ।
माया , प्रेम , स्नेह अनि सौहार्द वातावरण ल्याउछेउ भन्ने ठुलो आस थियो मलाइ ।
प्रिय तिमी ,
कम्तीमा त्यो व्यग्र प्रतीक्षाको झिनो आसलाई पनि तुसारापात नगरिदिएको भए के नै जान्थ्यो र तिम्रो ?
अनु खुब माया र याद हरने थियो सधै तिम्रो ।
के गर्नु , "भनेर भएन ,लाहुरेले लगेन" भन्थे बुढा-पाकाले । उस्तै उखान जस्तै भो मेरो आश पनि ।
तर पनि मन मरेको छैन । तिमी संगै के भयो त ।
तिम्री दिदी आउदै छिन् नि । उसमाथि चाहिँ खुब बिस्वास छ मलाइ। कम्तीमा तिमी जसरी धोका त दिदिन होला नि ।
झुट्टो कसम त खादिन होला नि आसा , उमङ्ग अनि प्रीत छर्ने ।
कस्सम ठूलो आसा छ तिम्री दिदीको तिमिले पूरा नगरेका सपना पूरा गर्दिन्छे भन्ने
प्रिय 2018,
मिठो अविवादन सदैव रहनेछ ।
किनकि अरु केही नदिए पनि तिहारमा नसम्झिने बहिनीहरु सम्म चाहिँ दिएकी छेउ ।


No comments:

Post a Comment

世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...