Email subscription

Enter your email address:

Delivered by FeedBurner

Wednesday, January 21, 2026

『गेटबाहिर आँसु, हलभित्र इतिहास』 माघे सङ्क्रान्ति पर्व टोक्यो जापान

 



Tokyo नाकानो जेरो हलमा माघे सङ्क्रान्ति विशेष कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न 


नेपाल मगर संघ जापानले गत १८ तारिख टोक्योस्थित नाकानो जेरो हलमा आयोजना गरेको माघे सङ्क्रान्ति विशेष सांगीतिक कार्यक्रमप्रति दर्शकहरूको उत्साह महासागरझैँ उर्लिएको थियो। दर्शकको अत्यधिक उपस्थितिका कारण हलले समेत भीड धान्न नसक्ने अवस्था सिर्जना भएको थियो। मगर पोसाकमा सजिएर आएका सहभागीहरूलाई गेटबाहिरै रोकिएको दृश्यले धेरैको आँखा रसाएको थियो। यस घटनाले जापानमा बसोबास गर्ने नेपाली समुदाय, विशेषतः मगर समुदायको सांस्कृतिक चेतना, एकता र माघे संक्रान्ति पर्वप्रतिको गहिरो आकर्षणलाई स्पष्ट रूपमा उजागर गरेको छ।




यही व्यापक जनचासो र उत्साहलाई मध्यनजर गर्दै, आगामी दिनमा काठमाडौँको टुँडिखेल तथा म्याग्दीको बेनीमा आयोजना हुने महोत्सव र माघे संक्रान्ति मेलाको स्वरूपअनुसार जापानमा पनि खुला पार्कमा भव्य माघी फेस्टिवल आयोजना गर्नु अपरिहार्य देखिएको छ।




नेपाल मगर संघ जापानले माघे सङ्क्रान्ति फेस्टिवल आयोजना गर्न सफल भएमा, उक्त माघी फेस्टिवलले मगर समुदायको मौलिक संस्कृति, भाषा, पहिचान र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने दृढ विश्वास लिएको छु। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य–संगीत, मौलिक खानाका परिकार तथा विविध सांस्कृतिक गतिविधिहरू समावेश गरी जापानभर मात्र नभई विश्वव्यापी रूपमा प्रचार–प्रसार हुनेछ।


नेपाल मगर संघ जापानले जापानमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस फेस्टिवलको स्वरूपबारे गहिरो मनन र समीक्षा गर्दै सक्रिय रूपमा हातेमालो गरी योजनाहरु  तर्जुमा गर्न हार्दिक अनुरोध गर्दछु ॥



तुल बहादु चोचाङ्गी पुन】



Thursday, January 15, 2026

माघे संक्रान्तिको पावन अवसरमा हार्दिक शुभकामना

 



माघे संक्रान्तिको पावन अवसरमा हार्दिक शुभकामना


माघे संक्रान्ति मगर समुदायको एक प्रमुख, ऐतिहासिक तथा सांस्कृतिक रूपमा अत्यन्तै महत्वपूर्ण चाड हो। सूर्य उत्तरायण हुने यस पावन पर्वले नयाँ ऊर्जा, सकारात्मक सोच र आपसी सद्भावको सन्देश प्रदान गर्दछ। यो पर्व मगर समुदायले पुस्तौँदेखि आफ्नै मौलिक संस्कृति, परम्परा र पहिचानका साथ श्रद्धा र उत्साहपूर्वक मनाउँदै आएको छ।


माघे संक्रान्ति नेपालमा आज टुँडिखेललगायत देशका विभिन्न शहर तथा गाउँबस्तीहरूमा एकैसाथ हर्षोल्लासका साथ मनाइँदै छ। यस अवसरमा मगर समुदायसहित विभिन्न समुदायहरूले आ–आफ्ना मौलिक परम्परा, सांस्कृतिक कार्यक्रम, भेषभूषा र परिकारहरूमार्फत पर्वलाई भव्य बनाइरहेका छन्।


यस वर्ष प्रवासमा रहेका मगर समुदायले पनि माघे संक्रान्तिलाई विशेष उत्साहका साथ मनाएका छन्। जापानका ७ वटा शहरहरूमा मगर समुदायको सक्रिय सहभागितामा माघे संक्रान्ति भव्य रूपमा सम्पन्न भइरहेको छ। जापानमा स्थापित मगर संघ–संस्थाहरूको आयोजनामा भएका यी कार्यक्रमहरूले नेपाली मौलिक संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्।


यसै क्रममा मगर संघ शिजुओका जापानको आयोजनामा माघे संक्रान्ति १० तारिखका दिन अत्यन्तै भव्यताका साथ सम्पन्न गरिएको छ। कार्यक्रममा सांस्कृतिक नृत्य, मौलिक भेषभूषा, परम्परागत खानपान तथा विविध सांस्कृतिक प्रस्तुतिहरूमार्फत मगर समुदायको गौरवमय पहिचान झल्काइएको थियो। कार्यक्रमले आपसी एकता, भाइचारा र सांस्कृतिक चेतनालाई अझ सुदृढ बनाएको छ।


माघे संक्रान्तिले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलता ल्याओस्। नेपाली संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामनासहित

माघे संक्रान्तिको पावन अवसरमा हार्दिक शुभकामना।


Monday, January 12, 2026

नेपाल मगर संघ शिजुओका जापानद्वारा माघे संक्रान्ति २०२६ भव्य रूपमा सम्पन्न

 



नेपाल मगर संघ शिजुओका जापानद्वारा माघे संक्रान्ति २०२६ भव्य रूपमा सम्पन्न


 नेपाल मगर संघ शिजुओका जापानले मगर समुदायको मौलिक चाड माघे संक्रान्ति २०२६ लाई भव्य र धुमधामका साथ सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष शोभा पुर्जाको सभापतित्वमा सम्पन्न भएको थियो।



  कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ जापानका उपाध्यक्ष भिम श्रिष मगर रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा NRNA Asia Pacific का संयोजक रेशम डंगोल, नेपाल मगर संघ शिजुओकाका संस्थापक अध्यक्ष तुलबहादुर चोचाङ्गी, तामाङ समाज शिजुओकाका अध्यक्ष विजय सागर योनजन, NRNA Shizuoka का उपसंयोजक विशाल न्यौपाने, नेपाल मगर संघ शिजुओकाका निवर्तमान अध्यक्ष विशाल पुर्जा, Shizuoka United का सन्तोष लिम्बु, राष्ट्रिय महिला भलिबल खेलाडी सस्मी पुन तथा Shizuoka Guys का RK सम्बा रहनुभएको थियो।


कार्यक्रमको सञ्चालन सचिव राहुल तिलिजाले गर्नुभएको थियो भने स्वागत मन्तव्य मिलन थापा मगरले दिनुभएको थियो।




 उद्घाटन सत्रमा साना छोरीचेलीहरू निप्ता पुर्जा र रेसिल्ला श्रिष मगरलाई टीका–माला लगाइ सम्मान गरिएको थियो। माघे संक्रान्ति मगर समुदायको विशेष चाड तथा संस्कार भएकाले यसको सांस्कृतिक महत्व झल्किने कार्यक्रम प्रस्तुत गरिएको थियो।


मगर समुदायको माघे संक्रान्ति पर्वको विशेषता, महत्व र ऐतिहासिक पृष्ठभूमिबारे संस्थापक अध्यक्षले प्रस्ट पार्नुभएको थियो भने संगठनसम्बन्धी विषयमा केन्द्रिय उपाध्यक्षले जानकारी दिनुभएको थियो।


 सांस्कृतिक संयोजक विनिमा चेचाङ्गीको संयोजनमा कलाकारहरू विनिमा, मेलिना, सुष्मा, भिमा, हिमाल, रवि, कन्चन, सुष्मा थापा, मनिता तथा राहुलले बेजोड र दमदार सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनुभएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।



 उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थापक अध्यक्ष र केन्द्रिय उपाध्यक्षले प्रशिक्षणसमेत प्रदान गर्नुभएको थियो।


कार्यक्रममा भाग्यशाली चिट्ठा पनि राखिएको थियो, जसमा सुष्मा र मनिता विजेता हुन सफल हुनुभएको थियो।



नेपाल मगर संघ जापानको संक्षिप्त र वास्तविक इतिहास र एकताको आह्वान

   नेपाल मगर संघ जापानको इतिहास सन् १९९५ मा टोकाइ क्षेत्र अन्तर्गत शिजुओका प्रान्तको हामामात्सु शहरबाट म्यागदीका लालबहादुर पुनको संयोजकत्वमा लाङ्घाली संघ जापानको रूपमा सुरु भएको जीवित इतिहास रहेको छ। पछि सन् २०१४ मा शिजुओका शहरमै नेपाल मगर संघ शिजुओका जापानको स्थापना भयो।

  सन् २०१८ मा नागोयामा जापानभर क्रियाशील संघहरूको एकता प्रयास भएको एतिहासिक एकता भनीए पनि त्यस समय टोक्यो र नागोयाका संघहरूबीच मात्र एकता भएको थियो। त्यसपछि मात्र क्षेत्रीय संस्थाहरू गठन हुन थालेका थिए। नेपाल मगर संघ जापानको जन्मथलो मानिने शिजुओकासँग संस्थागत एकता आजसम्म हुन नसक्नु वर्तमान यथार्थ हो।

यस ऐतिहासिक र पावन पर्व माघे संक्रान्तिको शुभ अवसरमा विश्वभर छरिएर रहेका मगरहरूबीच सैद्धान्तिक र संस्थागत एकताको लागि नेपाल मगर संघ शिजुओका जापानले हार्दिक आह्वान गरेको छ।





नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...