Email subscription

Enter your email address:

Delivered by FeedBurner

Sunday, November 30, 2025

छक्कु पुर्जा “उदासी”MONA Japan की संस्थापक, साहित्य, समाजसेवा र नेतृत्वको उज्यालो नाम, संघर्ष र समाज–संस्कृति प्रेरणा




 छक्कु पुर्जा “उदासी” MONA Japan की संस्थापक ,साहित्य, समाजसेवा र नेतृत्वको उज्यालो नाम , संघर्ष र समाज–संस्कृति प्रेरणा


छक्कु पुर्जा उदासी : म्याग्दीदेखि जापान सम्मको प्रेरणादायी यात्रा


 म्याग्दी जिल्लाको मंगला गाउँपालिका–देविस्थानको छिस्बाङ्गमा जन्मिएकी छक्कु देवी पुर्जा उदासी (मगर) बाल्यकालदेखि नै सामाजिक कार्यमा सक्रिय, सरल स्वभावकी र मौलिक संस्कृति–संस्कारप्रति समर्पित व्यक्तित्व हुन्। काठको पाटीमा खरीले लेख्दै सुरु भएको उनको अध्ययन यात्रा पछि साहित्य, कला र समाजसेवामा फैलिँदै गयो। कविता लेखन र सिर्जनामा अब्बल उनी आफ्ना दर्जनौँ लेखनीमार्फत समाजमा सकारात्मक सोच र चेतना फैलाउने प्रखर व्यक्तित्वका रूपमा चिनिइन्।


 लेखनबाट थपिएको पहिचान 

SLC सकेर पोखरा आएपछि उनका लेख विभिन्न पत्रपत्रिकामा छापिन थाले। लेख प्रकाशित भएपछि प्राप्त शुभेच्छा, चिठी र साथ–समर्थनले उनको आत्मविश्वास झनै बढायो।यही चरण उनको जीवनको महत्वपूर्ण मोड र साहित्यिक पहिचानको बलियो आधार बन्यो।


२००६ को जापान यात्रा : कठिनाइबीचको दृढ संकल्प

 सन् २००६ मा जापान प्रवेश उनीका लागि जीवनकै नयाँ परीक्षा थियो। भाषा नबुझ्ने, इन्टरनेट नपाइने, वातावरण अनजान—सबै चिज चुनौतीझैँ लाग्थे। तर, चुनौतीले नै उनको मनमा एक गहिरो संकल्प जन्मायो ।


“एक वर्षमै नेपाली समुदायलाई संगठित बनाउने!”

 एउटा हातमा डाँडु (कुकको काम), अर्को हातमा म्यागदी सञ्जाल समातेर उनले जापानमा नेपाली–म्यागदेलीहरूको चिनारी फैलाउने अभियान सुरु गरिन्। काम नपाउनेलाई काम दिलाउने, पीडामा साथ दिने, र नेपाल–म्यागदीलाई परिचित बनाउने उनको पहलले छोटो समयमै समुदाय एकताबद्ध भयो।


MONA Japan : सपना आज प्रतिष्ठित ब्रान्ड

 आफ्नो नेतृत्व, सक्रियता र समर्पणका कारण आज MONA Japan जापानभर परिचित सामाजिक ब्रान्ड बनेको छ। जापानमा रहेका म्यागदेलीहरूको संख्या करिब १० हजार सदस्य नाघ्ने लक्ष्यसहित संगठन तीव्र गतिमा फैलिँदैछ। जन्मभूमिप्रतिको माया र समुदायप्रतिको निष्ठाले छक्कु पुर्जा उदासी आज सम्पूर्ण म्यागदेलीको गर्व र प्रेरणा बनेकी छिन्।


संस्कृति, पहिचान र अन्तर्राष्ट्रिय अभियान

 हिमाली जिल्ला म्यागदी तथा नेपाली अर्गानिक उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने अभियान, कला–संस्कृति र पहिचानको प्रचार–प्रसार उहाँका प्रमुख लक्ष्य हुन्।

 यिनै उद्देश्यसहित आगामी एप्रिल ११–१२ मा टोकियोमा दोस्रो “MONA Festival” आयोजना हुँदैछ । यो नेपाल, म्यागदी र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा अझ मजबुत बनाउने महत्वपूर्ण अवसर हो।


१९९५ देखि निरन्तर यात्रा : मगर समुदायसँगको योगदान

 १९९५ मा शिजुओकाको हामामाचु शहरबाट सुरु भएका मगर समुदायका गतिविधिमा पनि छक्कु पुर्जा उदासी (मगर) सक्रिय भइन्। पछि टोकियो मगर संघको स्थापना, विस्तार र सुदृढीकरणमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरिन्। समुदाय निर्माण, संरक्षण र नेतृत्वमा उनको योगदान आज पनि उदाहरणीय छ।


छक्कु पुर्जा उदासी : MONA Japan को ‘जिउँदो इतिहास’

 उहाँको लामो योगदान, समर्पण र निरन्तर प्रयासको कदर गर्दै MONA Shizuoka Japan को प्रथम सम्मेलनले उहाँलाई विशेष सम्मान र कदर प्रदान गरेको छ।

 धौलागिरी हिमालको पानी पिउँदै, म्यागदीको माटोमा हुर्किएकी उदासीले रोपेको समाजिक बीऊ आज ठूलो, हराभरा र मजबुत बोट बनेको छ। समुदाय आज गर्वका साथ उभिएको छ—एकताको बलमा। त्यसैले उनलाई “MONA Japan को जिउँदो इतिहास” भन्न सकिन्छ।


प्रेरणाको मुहान

 छक्कु पुर्जा उदासीको सामाजिक समर्पण, साहित्यिक क्षमता, नेतृत्व र स्पष्ट दृष्टिले उहाँलाई केवल एक व्यक्तित्व बनाएको छैन । उहाँ एक प्रेरणा, एक मार्गदर्शक र समुदायको आत्मबल हुन्।

विशेषगरी महिलाहरूका लागि  उहाँ साहस, आत्मविश्वास र सफलताको ज्वलन्त उदाहरण बनेकी छिन् ॥





तुल बहादुर चोचाङ्गी


世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...