Email subscription

Enter your email address:

Delivered by FeedBurner

Wednesday, August 28, 2024

दोश्रो मोना अवार्ड बिशाल KC र सुधिर प्रधान लाई 【जापान】

 


दोश्रो मोना अवार्ड बिशाल KC र सुधिर प्रधान लाई प्रदान गरिएको छ ।


 यही अगस्ट 25 तारिक को दिन म्याग्दी प्रवासी नेपाली संघ 

(Mona) जापान क्षेत्रीय समिती शिजुओका जापानले आयोजना गरेको बनभोज कार्यक्रमको अवसर पारी नयाँ विद्यार्थीहरु लाई स्वागत,राष्ट्रीय भलिवल खेलाडी लाई सम्मान गर्नुका साथै दोश्रो Mona Award निम्न व्यक्तिहरु लाई प्रदान गरिएको छ ।

 

विशाल केसी 

 धौलागीरी गाँउपालीका मराङ्ग मा जन्मिएका विशाल केसी लामो समय देखी जापान लाई कर्मथलो बनाई रहेका छन् । बिसाल ह्रदय भएको विशाल केसी मोना जापान कार्यकारी समितिको अध्यक्ष पनी हुन । उहाँले जापानको हरेक क्षेत्रहरुमा पुर्याएको सामाजिक,आर्थिक तथा नैतिक योगदान को उच्च मुल्याङ्कण गरिएको छ ।

 साथै चार महिना अगाडी उहाँ कै कार्यकालमा सम्पन्न भएको Tokyo Itabashi 『Mona Festival』बाट जापानीस हरु माझ नेपाल कला,संस्कृति,सभ्यता र पहिचानको परिचय र गहिरो छाप पर्न गएको छ । जापान भरिका म्याग्देलीहरुको जनगनणा【Data संकलन】 शुरू भएको छ । जन्मभूमि म्यागदी संग जोडिने बिकास निर्माण को अनगिन्ती कामहरु सम्पन्न भएका छन् ।भविष्यका एक नक्षेत्र हुन उनी ॥


सुधिर प्रधान 

 प्रधान रगुगङ्गा गाउँपालिका 2 राखु म्यागदीमा जन्मीएका हुन । चार वर्षे विद्यार्थी जिवन सकेर अहिले जापान को प्रसिद्ध कम्पनीमा काम गरिरहेका छन् ।विद्यार्थी समय देखी नै Volunteer र सामाजिक कार्यमा सक्रिय छन । Tokyo Itabashi 『MONA  Festival』 सफल पार्न उहाँको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । नेपाली संस्कृति को अब्बल कलाकार पनि हुन ।


 कार्यक्रममा मोना जापान क्षेत्रीय समिति शिजुओका को अध्यक्ष तुल ब. चोचाङ्गी को अध्यक्षता र मोना जापान कार्यकारी समिति विशाल केसीको प्रमुम आथित्वमा सम्पन्न भएको थियो।

 कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समिति जापान, मगर संघ शिजुओका, नेपाल क्रिकेट संघ जापान, फूजी एभेरेस्ट हामामाचु जापान, स्याङ्जा समाज जापान, गलकोट समाज जापान, किरात राइ यायोख्खा जापान लगाएका समाज बाट उल्लेखनीय उपस्थित भएका थिए ।

 



नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...