Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, May 20, 2024

बेगखोला समाज जापान गठन,गाँऊ को ईतिहास,पहिचान,सभ्यता र संस्कृति संग जोडिने

 



बेगखोला समाज जापान गठन 


 जापानमा हामी बेगखोलेहरुको संख्या बढ्दै गइरहेको र गाँलेहरु बिच चिनजान,भेटघाट र सुचना आदान-प्रदान गर्ने र सुख दु:ख मा सामुहिक हातेमालो गरी अगाडी बढ्ने उद्देश्यले Golden Week को विदा को अवसर पारी 『बेगखोला सामाज जापान』 गठन भएको छ ।

 समाज गठन गर्नुको धेरै कारण हरु छन्, बेगखोला मा बाढी पहिरो जादा, गाँऊ सम्म मोटर निर्माण, विद्यालय निर्माण,खेलकूद ग्राउन,भवन निर्माण,जिब दुर्घटनामा सहयोग लगाएतका आकस्मिक प्रोजेक्ट हरुमा एकजुट भएर आएकै हो। तर एउटा कार्यक्रम सकेर अर्को आकस्मिक कामको लागी एकजुट हुन साह्रै गाह्रो हुन गयो ।गाँऊ छोडी विश्वको जुनसुकै कुनामा पुगेपनि, आखिरमा गाँऊ ठाउ, इष्टमित्र, समाज चाहिदो रहेछ।यो अभियान ३-४ वर्ष अगाडी देखी को हो आज आएर आधिकारिक रुपले सम्पन्न भएको छ । समाजको नाम गाँऊको आधिकारिक नाम र पहिचान लाई नचाइ 『बेगखोला समाज जापान』 रहनेछ । 

 समाजको तत्कालीन र धीर्घकालिन गरी कार्य योजनाहरु तयार गरिएको छ । 

    

    【कार्य योजनाहरु】

① जापान बासी बेगखोलेहरुको डाटा संकलन 

② अन्तरकृया कार्यक्रम ( virtual )

③ कार्यसमितिको पूर्णता 

④ विधान निर्माण 

⑤ क्षेत्रिय संगठन बिस्तर 

⑥ व्यक्तित्व विकास र सामाजिक नेतृत्व क्षमताको विकास

⑦ स्थानीय प्रतिभा हरुको खोजी र सम्मान 

⑧ गाँऊ संग जोडिने कार्यक्रमहरु तर्जुमा 

⑨ गाँऊ को ईतिहास,पहिचान,सभ्यता र संस्कृति संग जोडिने कार्यक्रमहरु गर्ने आदि 

 

प्रथम कार्य समिति 

अध्यक्षमा :- तुल ब. चोचाङ्गी

 उपाध्यक्ष :- सुजन फगामी 

सचिव :- गोबिन्द फगामी 

कोषाध्यक्ष :- दिपक फगामी 

सह-कोषाध्यक्ष :- विष्णु फगामी 

संरक्षण :- धर्मेन्द्र पूर्जा 

सल्लाकार :- चुन ब. पूर्जा

सक्रिय सदस्य :- गाँऊका सबै सदस्यहरु


 बेगखोला समाज जापानको डाटा संकलन अर्थात जनसंख्या गणना को काम अन्तिम चरणमा पुगेको छ, यस काम सकिन लगतै प्रथम पूर्ण बैठकले कार्य समितिको पूर्णता दिनेछ। 


३ महिने प्रशिक्षणका लागी जापान आएकी नेपाल रक्वी राष्ट्रीय खेलाडी 『सावित्री पूर्जा मगर』लाई सम्मान गरने निर्माण पनि गरेको छ ।

Rugby National player 

 यो बहिनीको जस्ता प्रतिभाहरु हाम्रो गाँउ को अनुहार हो,इजत हो,प्रतिष्ठा हो, गौरव हो ,

 यी बहिनीको उज्ज्वल भविष्यको लागी कोषाध्यक्ष दिपक फगामी (दिपु) को अध्यक्षता मा केही रकमहरु जम्मा भईसकेको छ र यो अभियान अर्को महिना June सम्म रहनेछ ।

धन्यवाद 








世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...