Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, January 11, 2021

तारा फगामी “गोरी” का जापन अनुभव र भोगाईहरु

 




Hello “Japan 🇯🇵”

सर्बप्रथम धन्यवाद जापान तिमीलाई 🙏

तिमीले मलाई तिम्रो देशमा  २/३ बर्ष रहनको लागि अनुमति  दिएर तिमीलाई नियाल्ने मौका दिएकोमा।

  सुनेको थिए जापान जापान भनेर तर जस्ले जस्लाई सुने पनि र जस्को बारेमा जति नै मिठो बोलीले म यस्तो  उस्तो भने पनि तर चिन्ने र बुझ्ने भनेको त संगत र ब्यवहार ले नै हो जस्तो लाग्छ मलाई चाही।तर जापान तिमीलाई त्यसै जापान भनिएको होईन रहेछ।तिमी वास्तवमै राम्रो रहेछौ जापान।तिमी समयको १ सेकेन्डको पनि तल माथी हुन दिदैनौ!बिकासमा तिम्रा पाहिलाहरु  सधै जारी नै छन।तिमी कसैको १ एन पनि बढि र घटी  खादैनौ तिमी कामलाई न सानो काम भन्छौ न ठूलो काम तिमी कामलाई पूजा गर्छौ र पो तिमी सफल भएका रहेछौ।न त तिमी देशी र विदेशी भनि असमान व्यबहार नै गर्न जानेका छौ , तिमीमा भेदभावको भाव नै छैन,चिटिक्क टाई सूटमा सजिएका तिमी जापानिज हामी जाबो बिदेशी अनि अलि राम्रो संग कपाल  पनि नमिलाएकी बिदेशी महिलालाई पनि कति रेस्पेक्ट गर्न  कदापी पछि परेनौ।तिम्रो देशमा महिलालाई कति कदर गर्न जानेको नत महिला र पुरूष भनेर भेदभाव नै छ।महिलालाई प्राथमिकता दिएको देश जापान तिमी।यहा रातको १२ नै बजे भए पनि महिला दिदीबहिनीहरु ढुक्क संग हिड्न सकिन्छ,कसैले केहि गर्लाकी भनेर डराउनु पर्ने अवस्था छैन जापान तिम्रो देशमा ।महिलालाई ईज्जत गर्छौ ,महिलापुरूषमा भेदभाव छैन र पो तिम्रो देश बिकसित भएको रहेछ।तिम्रो ईमान्दारिता देखेर म छक्क पर्छु!यहा सम्मकी तिमीलाई  नियम भन्यो भने हो भने हो होईन भने होईन तिम्रो दृढता!तिमी झुक्न पनि कति सकेको तिमीलाई मलाई माफ गरिदिनुस भन्न कुनै आईतबार छैन ।तिमीलाई चाहे आफ्नो देशको नागरिक होस या अरु देशको नागरिक तिमीले कहिल्यै पनि भेदभावको भाव उत्पन्न हुन नै दिएनौ जापान तिमीले।


तर कुरा थोरै तरको आयो है जापान......तिमी लास्टै महंगो के......!

तिमी कहाको ८०/९० हजार कोठा भाडाको कुरा गर्छौ .....कहा म ८०/९० रुपियामा नानीलाई खाजा खुवाएर नानीलाई  एउटा क...ख....र चित्र कोरेर खेल्ने कलम सम्म किन्न भ्याउछकी भनेर अड्कल गरेर आफ्नो गुजारा चलाएको मान्छे म।तिम्रो देशमा रोजगार छ आ-आफ्नो ज्यान आफै कमाउ अनि आफै रमाउ  भन्ने जस्तो छ ।तर तिम्रो देश र मेरो देशमा धेरै भिन्नता छ ,उस्तै पर्यो भने परिवारमा एकजनाले कमाउने अनि बालबच्चालाई पढाउने देखी लिएर घर व्यबहार सम्म एउटैको कमाईले चलाउनु पर्ने अवस्था पनि छ।

जापान मेरा पनि थुप्रै सपनाहरु थिए......... हुन त सपना धेरै भए भने गाह्रो हुन्छ ,यति हुदाहुदै पनि सपना देख्न पछि नहट्ने यो मानव स्वभाव......!  धेरै धन कमाउने अनि आफ्नै देशमा आराम संग जिवन जिउने आशा सायद बिदेशिएका धेरैको चाहा होला....।मेरो पनि पारिवारिक तथा ब्यक्तिगत थुप्रै ईच्क्षाहरु थिए।बच्चालाई राम्रो लगाईदिने , मिठो खान दिने , राम्रो स्कुलमा पढ्उने........म सुनै लगाएर झपक्क हुने सोख भएको महिलामा त परेन तर महिला हो कहिले काही अलि राम्रो लगाउने चाहा त छ...।बुढेसकालमा साहाराको आवश्यकता भएका मेरा बाबा आमा अनि सासू ससूराको साथमा  रहेर साथ दिन त सकेन तर वहाहरुको टाढाबाट भए पनि केहि ईच्क्षाहरु पुरा गर्ने चाहना छ।तर जापान मेरा पारिवारिक र ब्यक्तिगत चाहा संगै तिम्रो  यो महंगाई र स्टान्डर लवाई ख्वाई संग म साधारण ब्यक्तिलाई तिम्रो लेवलमा हिड्न हम्मे हम्मे भयो |     

                     धन्यवाद🙏

Sunday, January 10, 2021

अन्लाइन जापानिज भाषा बक्तित्व कला प्रतियोगिता हुने Japanese language speech contest

 



——•••••विद्यार्थीको लगि बिधार्थी•••••——


[कुमामोतोमा हुने लगायत जापान भरि छरिएर बसिएको सबै नेपाली विद्यार्थी दजु ,भाई,दीदी, बैनी बिद्यार्थीहरुले यस प्रतियोगीतामा भाग लिएर आफूमा भाएको स्किलको उपयोग गर्नु होस।]


नेपाली बिधार्थी समाज जापान को आयोजना मा बिद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्य ले २०२१ मार्च ७का दिन वर्तमान अवस्थालाई मध्यनजर गर्दै अन्लाइन मार्फत जापान मा अध्ययनरत नेपाली बिद्यार्थी हरु बिच जापानिज भाषा बक्तित्व कला प्रतियोगिता( Japanese language speech contest ) को आयोजना गर्दैछौ! यही जनवरि २० देखी फेब्रुवरि १५ सम्म QR कोड स्क्यान गरी अथवा सस्था को फेसबुक पेज मा उपलब्ध गराइएको फारम भरी सहभागिता का लागि आबेदन दिन सकिने छ।

केही नियम हरु र प्रकृया सम्बन्धी विस्तृत जानकारी केही दिन मा नै बिग्यप्ती मार्फत जानकारी गराइने नेपाल बिधार्थी समाज जापानले जानकारी दिएको छ।

२०७७ साल माध्यासकराटी बिशेष मगर भाषिक नृत्य प्रतियोगीता हुने

 



गरिब अनि अशक्तलाई प्रोत्साहन ।।

भाषा, संस्‍कृती जोगाउने हाम्रो अभियान ।।


मगर भाषा, भेषभुषा, कला, संस्कृतिलाई संमरक्षण संबर्द्धन र माया गरौ !! अरुको होइन आफ्नै भरमा परौ!!


 झोर्ले, जेडौ, सेमिंगेपाउ, नमस्कार ! 🙏


२०७७ साल माध्यासकराटी बिशेष मगर भाषिक नृत्य प्रतियोगीता हुने

आयोजक : मगर लाफा ग्रुप

नृत्य गीत : "पट्टकोके झोर्ले"

कार्यक्रम हुने मिति : २०७७/१०/ १ गते देखि २०७७/१०/१४ गते सम्म।


 -:   पालाना गर्नुपर्ने नियमहरु :-


(१) प्रतियोगीले नाम र ठेगाना पुर्णरुपले उल्लेख गरी आफ्नै facebook ID बाट नृत्य भिडीयो (मगर लाफा ग्रुप) भित्र पोष्ट गर्नु पर्ने छ।


(२) नृत्य मगर पहिरनमा "पट्टकोके झोर्ले" गीत मै हुनुपर्नेछ र YouTube channel suscribe, like, comment साथमा 🔔 बेल आइकन 🔔 ON गरी screenshots र आफ्नो नाम सहित magarlaaphagroup@gmail.com अथवा Facebook ID (मगर लाफा ग्रुप) मा पठाउनु पर्ने छ।

Link:-  https://youtu.be/UOWobylbZZo


(३)  एउटा ID बाट एक मात्र भिडियो single, double वा Group मा स्वइच्छाले बनाइ पोस्ट गर्न पाइनेछ, र गितको जुनसुकै भाग प्रयोग गर्न पाइनेछ तर भिडियो २ मिनेट ३० सेकेण्ड भन्दा माथिको हुनु पर्नेछ अन्यथा मान्य हुनेछैन ।


(४) प्रतियोगीले आफ्नो साथीहरूलाई "मगर लाफा ग्रुप" को अफिसियल ग्रुपमा अनिवार्य इन्भाइट गर्नु पर्नेछ। official group link:-

https://www.facebook.com/groups/120143235295198/


(५) भिडियो पोष्ट गर्ने समय २०७७/१०/०१ गते बिहीवार नेपालि समय बिहान ८:००  बजे देखी बेलुकि ८:००  बजे सम्म मात्र, तोकिएको समय भन्दा अघि वा पछि गरिएको पोष्ट मान्य हुनेछैन ।


(६) प्रतिस्प्रधा दुई चरणमा हुनेछ । पहिलो चरणबाट उत्कृष्ट १० जनालाई दोश्रो चरणमा प्रबेश गराइनेछ। 


(७) प्रथम चरणको नतिजा LIKE को आधारमा  हुनेछ, LIKE को लागी Tag, Mention, Share र Comment सबै  खुल्ला हुनेछ, भने सबै खाले रियाक्टलाई समान मान्यता दिइनेछ।


(८) पहिलो चरणको भोटिंग समय पोष्ट गरेको समय देखि २०७७/१०/०७ गते बुधबार नेपालि समय मध्याह्न १२:०० बजे सम्म हुनेछ।


(९) फाइनल राउन्डमा प्रवेश गर्ने  उत्कृष्ट १० प्रतियोगीहरुको नाम २०७७/१०/०७ गते बुधबार  नेपाली समय अनुसार दिउँसो ४:०० बजे पछि सार्बजनिक गरिनेछ।


(१०) फाइलनमा पुग्ने प्रतियोगीले पुन: यहीँ गीतमा भिडियो परिबर्तन गर्न पाउनेछ । साथै सुहाउँदो पोसाक एवं उत्कृष्ट नृत्य गर्ने प्रतिस्पर्धीलाई सान्वना पुरस्कार प्रदान गरिनेछ ।


(११) दोश्रो चरणमा पुग्ने प्रतियोगी आफैले पोस्ट गर्नुपर्ने र फाइनल post मिति २०७७/१०/०८ गते बिहीवार नेपालि समय बिहान ८:०० बजे देखि बेलुकी ४:०० बजे सम्म पोस्ट गरिसक्नु पर्नेछ। 


(१२) मिति २०७७/१०/१४ गते बिहीवार मध्याह्न १२:०० बजे बाट भोट बन्द गरिनेछ।

र सोहि भोटको आधारमा ५०% र निर्णायकको ५०% अंक जोडी बिजेताहरुको नामावली २०७७/१०/१६ गते आइतबार सार्बजनिक गरिनेछ।


(१३) कार्यक्रम अवधि भित्र कुनै बिबाद उत्पन्न भएको खण्डमा सम्पुर्ण एड्मिनहरुको निर्णयनै सर्बमान्य हुनेछ ।


    #पुरस्कारहरु:- 

(१) प्रथम पुरस्‍कार :- रु २०,०००/- 

  र मगर पोषाक १ सेट ( साथमा प्रमाण-पत्र )

(२) दोस्रो पुरस्कार :-  रु १५,०००/- ( साथमा प्रमाण-पत्र )

(३) तेस्रो पुरस्कार :- रु १०,०००/- ( साथमा प्रमाण-पत्र )

(४) सान्त्वना पुरस्कार :- रु ५,०००/- (साथमा प्रमाण-पत्र)


           # पुरस्कार  प्रायोजक #

(१) प्रथम पुरस्कार :-  

रु: २०,०००/-

मेघ बहादुर मगर, Managing Director (Gorkha H.R. pvt. Ltd. Lalitpur ) 

http://www.gorkhahr.com/


 #मगर पोषाक १ सेट :- माया घर्ति मगर (कलेज अध्यापक एवं युवा व्यवसायी) mayabi fashion with culture

 https://m.facebook.com/286970468783640


(२) दोस्रो पुरस्कार :- Magar Laapha Tv


(३) तेस्रो पुरस्कार :- 

झरना राना मगर (युवा समाजसेवी, तथा मगर भाषिक गजलकार) गोरखा

हाल : जापान


(४) सान्त्वना पुरस्कार :- निलम थापा मगर (समजसेवी)“MIG worldlink Express”, Hong Kong ( WESTERN UNION + REMITTANCE )


         निर्णायक

सर्जन थापा मगर ( कोरियोग्राफर )  

बन्दना घर्ती मगर ( नायिका, मोडेल ) 

बिनोद श्रीस मगर ( संस्थापक "मगर लाफा ग्रुप")


Media partner :-


१, Magar Laapha Tv

२, GM photo & Videography

३, Radio Simrik 96.5 MHZ Pathari, Morang - Nepal 


थप जानकारीको लागि "मगर लाफा ग्रुप" को अफिसियल फेसबुक पेज Like गरि inbox गर्न सक्नु हुनेछ।धन्यवाद!

https://www.facebook.com/officialmagarlaapha/ — with Ammar Kammu Magar and 20 others.

世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...