Email subscription

Enter your email address:

Delivered by FeedBurner

Wednesday, September 2, 2020

बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेल सेवा संचालन

 

 

Great Western Railway to name train after Gurkha VC hero 

बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेल सेवा

प्रख्यात अभिनेत्री जीअना लुम्लेका साथ भिसी तुलबहादुर पुन

 (Photo credit : Ian Nicholson/PA Wire)

लण्डन । बेलायतको एक रेल सेवाले भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको सम्मानमा रेलसेवाको नामकरण गर्ने भएको छ ।


बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सन्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेले शहरहरु जोड्ने एक सेवालाई भिसी पुनको नाममा नामकरण गर्ने  घोषणा गरेको छ ।


नामकरण समारोह यस वर्षको रिमम्बरेन्स डे (नोभेम्बर ११) मा हुने बताइएको छ । दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पुगेको अवसरमा सो नामकरण गर्न लागिएको ग्रेट वेष्टर्न रेलवेले बताएको छ ।


ग्रेट वेष्टर्न रेलवेका बाह्य सन्चार प्रमुख डान पान्सले भने, ”यस वर्ष दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षगाँठ विशेषरुपमा मनाउँदैछौँ । हामीले यसअघि नै युद्धका जासुस ओडेट हालोजलाई सम्मान गरिसकेका छौँ र यसवर्ष हामी अरु विशेष नामकरणसहित मनाउनेछौँ । ” उनले भने, ”भिसी तुलबहादुर पुनलाई सम्मान गर्न पाउँदा हामीलाई हर्ष लागेको छ ।”


भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । उनले दोस्रो विश्वयुद्धमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक दिइएको हो ।


गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।


गोरखा वेलफेयर ट्रष्टका आडम बेन्थामले भने, ” गोरखा सैनिकहरुले पूर्वी क्षेत्रको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र बर्मामा मात्र सात वटा भिक्टोरिया क्रस पाएका थिए ।” तीमध्ये भिसी तुलबहादुर पुन पनि एक थिए । ”हाम्रो देशले गोरखाहरुको धेरै ऋण तिर्नुछ र भिसी तुलबहादुर पुनको बहादुरीलाई यसरी सम्मान गरिनु सच्चा सम्मान हो”, उनले भने ।


गोरखा वेलफेयर ट्रष्टका संरक्षक जोअना लुम्लेले भनिन्, ”म भिसी लछिमन गुरुङ र तुलबहादुर पुन जसले बर्मामा मेरा पिताजीसित लडे उनीहरुसितको भेट कहिल्यै बिर्सदिनँ । हाम्रो स्वतन्त्रताको रक्षाका लागि नियमित ड्यूटीभन्दा माथि उठेर लड्ने गोरखाहरुप्रति हाम्रो ठूलो ऋण छ ।”


नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...