हाम्रो संस्कार संस्किृती र पहिचान Destiny Rises on Hand Dream_Course_Inspire_Harmony Chochangi Tool
Email subscription
Monday, April 20, 2020
३ महिना भन्दा लामो भिसा लिएर जापानमा बसोबास गर्दै आएका विदेशी नागरिकले पनि १ लाख पाउने
प्रत्येक व्यक्ति १ लाख ऐन पाउने तरिका सार्वजानिक
जापानको आन्तरिक मामिला मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १ लाख ऐन दिने बिषयमा जापानी नागरीकहरु बाहेक पनि ३ महिना भन्दा लामो भिसा लिएर जापानमा बसोबास गर्दै आएका विदेशी नागरिकले पनि पाउने जनाएको छ। जसको लागी यहि अप्रिल महिनाको २७ तारिक सम्ममा उक्त ब्यक्तिको जापानको स्थानिय निकायमा वासिन्दा दर्ता गरेको हुनुपर्नेछ।
शुरुमा आफुले केहि गर्नु पर्ने छैन। स्थानिय निकायमा (वडा कार्यलय वा नगरपालिका) मा दर्ता गरेको ठेगानामा आवेदन फारम आउने छ। जसमा नाम (परीवार संगै बसेको भए सबैको नाम) , उमेर, पाउने रकम आदि उल्लेख गरिएको हुनेछ। त्यसमा घरमुली(सेताइनुसी)को नाममा रहेको बैंक वा बित्तिय संस्थाको खाता नम्बर लेख्ने र उक्त खाता नम्बर सहि हो भन्ने प्रमाण रहेको खाताको फोटोकपी र कुनै परिचय पत्रको फोटोकपी हालेर नगरपालिकामा पठाएमा परीवारको सबैजनाको रकम घरमुलीको खातामा आउने छ। चिठ्ठी फिर्ता पठाउने खाम पनि संगै आउनेछ।
वडा र नगरपालिका अनुसार पत्र आउन केहि समय लाग्नेछ। र आवेदन फारम शुरु गरेको ३ महिना भित्र आवेदन दिइसक्नु पर्नेछ। खाता नभएको ब्यक्तिले स्थानिय निकायमा सम्पर्क गरेर रकम लिन पनि सकिनेछ।
आफुसंग माइ नम्बर कार्ड भएको ब्यक्तिहरुको हकमा अनलाइन बाट पनि आवेदन दिन सकिने बताएको छ। तर यसको तरीका भने केहि समय पछी उपलब्ध हुने बुझिएको छ।
Source: NHK online
Subscribe to:
Comments (Atom)
世界が富士山メッセに集結!国際交流フェア2026
世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...
-
स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा “बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी – एक असल छिमेकी, कलाकार र समाजसेवी स्वर्गीय ला...
-
संघर्ष, मेहनत र सफलताको प्रतीक — जोया पुन सानैदेखि संघर्ष र जीवनका वास्तविकता बुझ्दै हुर्केकी जोया पुनको जन्म बेग, काफलबोट, म्याग्दीमा भएक...
-
नेपाल मगर संघ जापान क्षेत्रीय समिति, शिजुओकाको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न पहिलोपटक महिला अध्यक्षको चयन, नयाँ कार्यसमितिको सांस्कृति...
