Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, February 25, 2020

मगरको गौरव ईतिहास





मगर इतिहास भाषासंस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरुको मुल मन्त्र मगरात पहिचान र स्वायत्त शासन सहित संघीय, लोकतान्त्रिक गणतन्त्र झोर्ले /जेडौ /सिमेङेपाँउ मगरको ऎतिहासिक इतिहास जानी राखौं ताकि भावि पुष्टाले दुख नपाओस ।  
~~~~~~~~~~~~~~~~~~~~~~
मगर दिवस भनेको के हो र किन मनाइन्छ त ?
त्यसैगरी कहिले देखी मनाउन सुरु गरिएको हो ?
~~~~~~~~~~~~~~~~~~~~~~~
 
संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ । एक मिनेट अमुल्य समय दिएर पढ्ने कोसिस गर्नु होला मन परे सेयर गर्नु होला ।
  •••••••••••••••••••••••••••••••••••••••
🤝२०३९ साल फगुन १५ गते टाहालुङ्ग (तनहुँ) को ड्यामबोले दमौलीमा सम्पुर्ण मगर समुदायको मुक्तिको आवाजलाई बुलन्द गर्दै नेपालको मेची देखि महाकाली सम्म नै नेपाल मगर संघको झन्डा फहराउने महान संकल्पका साथ नेपालकै प्रथम राष्ट्रिय महाधिवेशन भब्यताका साथ सम्पन भएको दिनलाई सम्झदै यो ऎतिहासिक पवित्र दिनलाई मगर संघको स्थापन दिवस अर्थात मगरहरुको माहान पर्वको रुपमा मनाउदै अएको इतिहास सत्य र अटकिय हुन । हामी सम्पुर्ण मगरहरुले ऎतिहासिक दिनलाई सामाजिक सांस्कृतिक एक्यवद्धता सहिष्णु सद्भावलाई मुक्तिको बुलन्द आवाज उठाउदै संरक्षण र प्रबर्द्धन गर्दै लैजानु आजको मुख्य आवश्यकता पनि हो ।
 
यहि फगुन १५ गतेको दिनमा नेपाल लगाएत बिश्वभरी छरिएर बसेका आम तमाम मगरहरुले भव्य र सभ्य रुपमा मगर दिवस र मगरहरुको महान चाडपर्व मनाउदै आईरहेको पाईन्छ ।

जन्म-भुमी छोडेर कर्म-भुमिमा बसोबास गर्नु भएको मगरहरुले  फागुन १५ गतेलाई आधार मानेर नै त्याहाको भौगोलिक ठाउँ अनुसार वातावरण र समय अनुकुल पारेर अघिपछि पनि मगर दिवसको विभिन्न किसिमको बृहत कार्यक्रम गरि मनाई रमाइलो गर्दै आइरहेका छ्न ।

बिश्वको हरेक देशमा नेपाल मगर संघको केन्द्रिय शाखा स्थापना गरिएको छ । बिदेशमा भएका केन्द्रिय शाखाहरुले मगर दिवस मनाउनको लागि नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु र मगर संघका वरिष्ठ एवं बिशिस्ट अग्रज, नेता, इतिहासकार ब्याक्तित्व हरुलाई निमन्त्रणा गरेर मगर बिदेशको केन्द्रिय शाखामा हरेक बर्ष रमाइलो गरि मनाउने गर्दछन ।

मगर संघको ईतिहासलाई फर्केर हेर्दा १९९७, सालमा लुटिएका नेपालको प्रवास भुमी दार्जिलिङबाट संगठानिक रुपमा सुरुवात भएको देखिन्छ । नेपालमा भने२०१२ सालमा गुल्मी जिल्लाको  भासे गाउमा पदम बहादुर घर्ती मगरको अध्यक्षतामा बृहत मगर भेला गरेको देखिन्छ । र २०१३ सालमा म्याग्दिको अन्नपूर्ण गाउँ पालिका सावित हिस्तान औलामा हर्कजित पुनको अध्यक्षतामा भेला गरि मगरहरुको हकहित अधिकार र मुक्तिको आवाजलाई गुन्जाउन समिती गठन गरिएको देखिन्छ । २०१४ सालमा भने  तनहुँको जिने आले मगरको सहयोगमा बृहत कार्यक्रम गरेको र २०२८ सालमा काठमाडौंमा मगर बिद्यार्थीहरुलाई एकजुट पनि  गराएको देखिन्छ । साथै खिलध्वज श्रीसमगरको अध्यक्षतामा लाङ्घाली परिवार संघ र डा. हर्ष बहादुर बुढामगरको अध्यक्ष २०३६ सालमा लाङ्घाली परिवार संघ खोलेको देखिन्छ ।

 २०३८ सालमा बुटवलमा म्याग्दीको हेम बहादुर पुन मगरको अध्यक्षमा भेला सम्पन्न भै २०३९ साल फागुन १५ गतेको दिन तनहुँको दमौलीमा प्रथम, केन्द्रीय महाधिवेशनमा हेम बहादुर पुनमगरलाई अध्यक्षमा चयन गरिएको हो । सोही २०३९ साल फागुन १५ को प्रथम केन्द्रिय अधिबेशनलाई आधार मानेर यो  मगर दिवस सुरु भएको हुन । २०४८ सालमा "पुर्बमन्त्री "गोरे बहादुर खपाङ्गी मगरको अध्यक्षमा नेपाल लाङ्घाली परिवार संघको नाम परिवर्तन गरि नेपाल मगर संघ नामकरण गरेको देखिन्छन । त्यसैले आज लामो समय सम्म संघको अध्यक्षमा रहेर काम गर्ने पहिलो ब्याक्ती भनेर उहालाई नै भनिन्छ ।
     
सांसार भरी छरिएर बसोबास गर्दै आएका मगर समुदायहरुले आफ्नो भेषभुषा,भाषा, संस्कार, सांस्कृतिक पहिचान जोगाउन र सम्पुर्ण मगरहरुमा एक- आपसी मेलमिलाप,मित्रता भाइचरा सद्भावका साथै मगर एकता अझ बलियो होस । भन्ने उद्देश्यको साथ २०३९ साल फागुन १५ गते भएको नेपाल केन्द्रिय प्रथम महाधिवेशनलाई आधार मानी ऎतिहासिक मगर दिवस मनाउन थालिएको हो ।

स्थापनाकाल देखि अहिले सम्ममा मगरहरुको मुख्यत खम्बा र  अभिभावकहरु यसप्रकार छन् ।
२०३९-२०७६
(1)श्री - सस्थापक अध्यक्ष : हेम ब. पुन मगर
(2)श्री - कबिराज पुन मगर
(3)श्री - मानध्वज राना मगर
(4)श्री -गोरे बहादुर खपाङ्गी मगर२०४८-२०५१-२०५४-२०५६ ( ४ कार्यकाल )
(8) श्री - याम ब.बुढाथोकी मगर
(9)श्री - झक थापा मगर
(10) श्री महेन्द्र थापा मगर
(11) श्री नवीन रोका मगर
 
हामीले यो जानाकारीहरु विभिन्न लेख ,पत्रीका , मगर संघका र भ्रातृ संगठनका विभिन्न ब्याक्तित्व पदाधिकारी हरुबाट संकलन गरेका हो यदि गल्ती भएमा माफी चाहान्छु । सल्लाह र सुझाब एक आपसमा बाड्नु आजको आवस्यकता पनि हो ।

नेपाल मगर संघका सस्थापक अध्यक्ष मगरहरुको मुख्य खम्बा हेम बहादुर पुन मगरको जन्म म्याग्दी जिल्ला सिख घार गा,बि, स, सिखमा १९७४ सालमा जन्मनु भएको र २०६१ साल भाद्र ३१ गते ८७ बर्ष को उमेरमा उहाको मृत्यु भएको थियो ।

उहाको यहि योगदानको कारण फागुन १५ गतेका दिन हामि मगरहरुले हर्ष र उल्लासका साथ एकता दिबस मनाउन सफल भएको हौं । हाम्रो पुर्खाहरुको त्याग तस्पयालाइ साम्मान गरौं ।

यहाँहरुले देखाउनु भएको बाटोलाई अझै फराकिलो पार्दै हाम्रो हकहित अधिकार पहिचान र मगरातको निमित्त उहाँहरुले जस्तै  योगदान र अहम भुमिका खेल्नुपर्छ । संसार भरी छरिएर बसेका आम तमाम मगर समुदायले उहाँरुले जस्तो योगदान दिन नसके पनि आफ्नो ठाउँबाट उठेर सकेको आर्थिक सहयोग र योगदान दिनुपर्छ । हामि सबैले सस्थापक अध्यक्ष हेम बहादुर पुन मगर ज्यु लगाएत सम्पुर्ण अग्रजहरुलाई सम्मान गर्न जरुरि छ ।
 
नेपालको पछिल्लो अर्थात अन्तिम जनगणना अनुसार१८ लाख  ८१ हजारको हाराहारीमा मगरहरुको जनसंख्या भएको देखाए पनि नेपाल केन्द्रिय संघले मगरहरुको ३०लाख जनसंख्या जति भएको दाबी समेत अनुमान गरेको छ । त्यसकारणले नेपालमा भएको जातीहरु मध्य तेस्रो ठूलो जनसंख्या भएको मगर जाती हो । जातिय जनगणना गर्ने हो भने मगरहरुको सबैभन्दा बढी जनसंख्या भएको कारण पहिलो स्थान ओगटेको मगर समुदाय विभेदकारी चपेटामा पर्दै आइरहेको छ । नेपाल यस्तो देश हो जहाँ बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक हिसाबले विविधतायुक्त विशेषता बोकेको एकमात्र देश नेपाल हो ।

Monday, February 10, 2020

Visit Nepal 2020 promotions event Tokyo Japan


छोटो जानकारी मगर दिवश




जानकारी मगर दिवसको

२०३९ साल फागुन १५ गते नेपाल लाङ्घाली परिवार संघ को प्रर्थम अधिवेसन सम्पन भएको सम्झनामा मनाउन थालीएकोहो । मगर हरुको संगठानिक हेर्दा १९९७ सालमा प्रवाक्ष दार्जिलीङ् देखि सुरुभएकोहो तर संघको औपचारिक स्थापना भने वि.स. २०३८ सालमा भएकोहो २०१२ सालमा गुल्मी जिल्लाको भासे गाउँ मा पदम बहादुर घर्ती मगर को अध्यक्षतामा वृहत मगर भेला गरिएकोथियो त्येसैभेलाले म्यग्दिको औलो गाउँमा हर्क जित पुन मगर को अध्यक्षतामा मगर हरुको हक, अधिकारको लागी एउटा समिती गठन भएकोथियो २०१४ सालमा तनहुमा जिने आले मगरको सहयोगमा वृहत कार्यक्रम गरिएकोथियो २०२८ सालमा काठमाण्डौ मा मगर बिध्यार्थी हरुलाई एकजुट् गरिएकोथियो खिलध्वज श्रीस मगर को अध्यक्षतामा लाङ्घाली परिवार संघ र डा.हर्ष बहादुर बुढा मगरको अध्यक्षतामा २०३६ सालमा लाङ्घाली परिवार संघ खोलीयो २०३८ सालमा बुटवल मा हेम बहादुर पुन को अध्यक्षतामा २०३९ मा तनहुको दमौली मा प्रर्थम केन्दिय माहादिवेसन मा हेम ब.पुन मगर लाई अध्यक्ष चईन गरियो र २०४८ सालमा नेपाल का पुर्वमन्त्रि गोरे बहादुर खपाङ्गी मगर ज्युको अध्यक्षतामा नेपाल लाङ्घालि परिवार संघ को नाम परिवर्तन
गरि नेपाल मगर संघमा नामकरण गरियो संसार भरिछरीएर बसोवास गर्दै आएका मगर समुदाय हरुले आफ्नो पहिचानलाई जोगाउन साथै मगर हरुमा आपसी मित्रता,भाईचारा,बन्धुत्व,सध्दाव,साथै मगर एकता सधै नयमहोस भन्ने उध्देश्यले मगर दिवस मनाउन थालिएकोहो मगर जातीको मौलिक,
सस्कार, सस्कृती,कला,धर्म,भाषा ले बनेको बहु आत्यामिक पहिचान जस्तो आफ्नो सरल मगराती जिवनसैलीछ जस
लाई नेपाल आदिवासी मुलवासी मंगोल अथवा मगरजाती समुहमा चिनीदै आएकोछ मगर जातीको बिशेषता भनेको
सोझो,मेहनती,बिश्वासिलो,ईमान्दार,देशभक्ती,अनि सहासिलो आदि आदि..हुन
मगर संघको मुल उध्दश्य जातियचेतना,जनजागरण,भेष भुषा,धर्म,संस्कृती,सस्कार,सरक्षण,सवदन, कला,जिवनप्रर्तीकोखोजी,सामाजिक निकासका कार्यसैली,कार्यदिसा र कार्य योजनाका थालनी हरु हुन । मगर हरुको पुख्यौली
थलो मगरात हो भने मगर हरुको पुख्यौली भुमी ब्राह्र मगरात र अठार मगरात भनिएपनि गण्डक क्षेत्र,कर्णाली
क्षेत्र,मगर हरुको मुलथलोहो ।

Wednesday, February 5, 2020

静岡県内で進学新卒する学生に無料で引越し(Room Change)に全力で協力する





#3月卒業予定の皆さん
#進学の皆さん先以ておめでとうございます。
静岡市内に引っ越しなどの事に全力で協力しております。
前持って連絡下さい。
आउदो March मा Graduation र April मा New Admission गर्नुहुने भाइबहिनीहरुलाई अग्रिम #बधाई_तथा_शुभकामना !!
बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि Shizuoka भित्र Room सर्दैहुनुहुन्छ भने सम्पर्क गर्नुहोस
हामी ह्र्दय देखी खुलेरै (निःशुल्क) सहयोग गर्नेछौ ।
धन्यवाद ।
#NPO法人Magar_Association_Shizuoka_Japan

世界が富士山メッセに集結!国際交流フェア2026

  世界が富士山メッセに集結!国際交流フェア2026 第38回 国際交流フェア2026 大盛況で開催 2月1日、富士山メッセにて開催された「国際交流フェア2026(第38回)」は、多文化共生をテーマに、さまざまな国や文化を体験できるブースやステージイベントが行われ、会場は多く...